काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

3.94K
shares
khanepani bord

काठमाडौ । काठमाडौ मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १ लाख १४ हजार ८०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

उक्त आइपिओका लागि १२ लाख ७८ हजार ८६७ जनाले आवेदन दिएकामा ४ हजार ३०० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ।

योग्य १२ लाख ७४ हजार ५६७ आवेदकहरुलाई गोलाप्रथामा समावेश गराइएको थियो।

कम्पनीले मंसिर ८ गतेदेखि १२ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी पहिले नै बाँडफाँट गरिसकेको छ।

कम्पनीले ४२ हजार कित्ता सेयर कर्मचारीहरू र ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो।

सोही आइपिओ कम्पनीले मंगलबार बाँडफाँट गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

IME
khanepani