अहिले नै संघीयताको विकल्प खोज्नु हुँदैन : देउवा
वि.सं.२०८० मंसिर २० बुधवार ०७:४८
shares

ओखलढुंगा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई संस्थागत गर्दै देशको विकासमा जुट्नुपर्ने बताएका छन् ।
मंगलबार ओखलढुङ्गामा कांग्रेसको नवनिर्मित पार्टी कार्यालय बीपी स्मृति भवन उद्घाटन तथा प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले संघीयतामार्फत नै देशको समृद्धि सम्भव रहेको बताए ।
मुलुकमा संघीयता कार्यान्वयन भएपछि दूरदराजमा विकास पुगेको बताउँदै उनले गणतन्त्र र संघीयताको अर्को विकल्प नभएको प्रष्ट्याए ।
‘देश संघीयताको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ । अहिले नै यसको विकल्प खोज्नु उपयुक्त हुँदैन’, पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने, ‘यही व्यवस्थाले नागरिकको अवस्था परिवर्तन हुन्छ । व्यवस्था परिवर्तनको सपना कसैले नदेखे हुन्छ ।’
उनले आदिवासी, जनजाति, मधेसी, महिला, दलितलगायत सबैलाई अपनत्व दिलाउँदै संघीयताको संस्थागत विकासमा लाग्न आवश्यक रहेको बताए ।






















