एनसेल बिक्री प्रकरणबारे छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटारमा
वि.सं.२०८० मंसिर २० बुधवार १६:०१
shares

काठमाडौं । एनसेलको शेयर खरिदविक्रीमा भएको चलखेलका विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटार पुगेका छन् ।
एनसेलले आफ्नो शेयर विक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । आज मात्रै संसदीय समितिमा यो विषयमा छलफल भएको छ ।
एनसेलको शेयरबारे सार्वजनिक लेखा समितिले यसअघि नै चासो देखाएर ९ जिज्ञासाको जवाफ मागिसकेको छ ।
हिजोमात्र सरकारले एनसेलको शेयर खरिद बिक्रीलाई लिएर सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनाउने निर्णय गरेको थियो ।
मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेपछि यसले बजार तताएको छ ।




















