काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न गरेको...

पुरा पढ्नुहाेस्

लेखा समितिलाई कम्पनी रजिस्टारको जवाफ : एनसेलको सेयर बिक्रीबारे जानकारी छैन

5.36K
shares
khanepani bord

काठमाडौं । कम्पनी रजिस्टारको कार्यालयले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबारे आफूहरुलाई आधिकारिक जानकारी नभएको बताएको छ ।

लेखा समितिले सोधेको प्रश्नको बुधबार जवाफ दिँदै कार्यालयले एनसेलको सेयर खरिदसम्बन्धी कागजात पेश नगरेकाले आधिकारिकता थाहा नभएको बताएको हो ।

कम्पनी रजिस्टार दीपककुमार पहाडीले लेखा समितिलाई जवाफ लेखेका छन्, ‘… यस कार्यालयमा अभिलेख भएको एनसेल आजियटा लि को शेयरधनी दर्ता किताबमा उक्त कम्पनीमा ८० प्रतिशत रेनोल्ड होल्डिङ्स लि को नाममा रहेको देखिएको र सो शेयर खरिदबिक्री सम्बन्धी कुनै पनि कागजात यस कार्यालयमा पेश नगरेकाले सो सम्बन्धमा आधिकारिकता थाहा नभएको व्यहोरा अनुरोध छ ।’

मलेसियाली कम्पनी आजियटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको सेयर गैरआवासीय नेपाली सतीशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइटलाई बेचेको छ । सो खरिद बिक्रीमाथि प्रश्न उठाउँदै नेपालमा छानबिन हुनुपर्ने माग भइरहेको छ ।

यसै क्रममा सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद बिक्रीबारे नेपालको कम्पनी रजिस्टारको कार्यालयसँग विभिन्न ९ वटा बुँदामा जवाफ मागेको थियो ।
कम्पनी रजिस्टारले लेखा समितिलाई जवाफ दिँदै एनसेलको सेयर खरिद बिक्रीबारे आफूहरुलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको पनि खुलाएको छ ।
‘एनसेलको विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिदबिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीको सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने व्यहोरो अनुरोध छ’ कम्पनी रजिस्टारले लेखालाई लेखेको पत्रमा भनिएको छ ।

IME
khanepani