नेपाल खानेपानी संस्थानका कर्मचारीहरुले कर्मचारी विनियमावली पाउन गरे संघर्ष समिति गठन

काठमाडौं । नेपाल खानेपानी संस्थानका कर्मचारी युनियनहरु कर्मचारी विनियमको विषयमा एक जुट भएर संयुक्त संघर्ष समिति गठन गरेका छन ।
लामो समयदेखि संस्थानमा कर्मचारीहरुको वृद्धि विकास रोकिएको विषयमा सरोकारवालाहरुले ध्यान नदिदाँ संस्थान कर्मचारी विहिन अवस्था पुगेको भन्दै संस्थानमा कार्यरत कर्मचारीहरुका युनियनहरु एक जुट भएर संर्घष समिति गठन गरेका हुन ।

यहि मंसिर २१ गते नेपाल खानेपानी संस्थानमा कार्यरत कर्मचारीहरुको गठित संयुक्त कर्मचारी युनियन संघर्ष समितिको संयोजकमा नेपाल कर्मचारी संगठनका अध्यक्ष समिर पण्डितलाई संयोजनको जिम्मेवारी तोकिएकोछ ।

उक्त समितिले आज ५ बुंदे सघर्षका कार्याक्रमहरु पनि घोषण गरेको छ । पुष ६ गतेसम्म नेपाल खानेपानी संस्थान कर्मचारी सेवा सर्त सम्बन्धी विनियमावाली प्राप्त नभएमा संयुक्त कर्मचारी युनियन संघर्ष समितिले संघर्षको कार्यक्रम गरि सशक्त रुपमा अगाडि बढ्ने निर्णय समेत गरेको जानकारी संस्थानका महाप्रबन्धकलाई दिएको छ ।

संस्थानको संचालक समितिलाई बोर्धाथ दिएको जानकारी पत्रमा केदार धमाला,कर्मचारी सघ, समिर पण्डित कर्मचारी संगठन झग बहादुर डाँगी स्वतन्त्र कर्मचारी संघ र भिमसेन पोखरेल स्वतन्त्र कर्मचारी परिषदका अध्यक्षहरुले हस्ताक्षर गरिएको छ ।

संस्थानको कर्मचारी विनियमावली लोकसेवा आयोगबाट स्वीकृत भई मन्त्रीपरिषद्मा पठाउन मन्त्रालयले तयारी गरिरहेको मन्त्रालय स्रोतले बताएको छ ।

२१,मंसिर.२०८०,बिहीबार १५:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्