काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

लुम्बिनीमा सकियो जसपाको तीन दिने राजनीतिक तथा वैचारिक प्रशिक्षण

4.29K
shares
khanepani bord

रूपन्देही । जनता समाजवादी पार्टी (जसपा), नेपालको लुम्बिनी प्रदेशस्तरीय तीनदिने राजनीतिक तथा वैचारिक प्रशिक्षण सकिएको छ । प्रदेश समितिको आयोजनामा रुपन्देहीको लुम्बिनीमा मंसिर १९ देखि २२ गतेसम्म उक्त प्रशिक्षण भएको हो ।

जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ, रकम चेम्जोङ, केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादव, राजनीतिक समिति सदस्य डा. पुष्पराज राजकर्णिकार, अर्जुन थापा र मनिकर कार्कीले प्रशिक्षण दिएका थिए ।

प्रदेश अन्तर्गतका केन्द्रीय कार्यकारिणी समिति सदस्य, केन्द्रीय समिति, संघीय परिषद सदस्य, प्रदेश समिति सदस्य, १२ वटै जिल्लाका पदाधिकारी, स्थानीय तहका प्रमुखहरु गरी १२५ जनाको उपस्थिति रहेको थियो ।

पार्टीका नेता कार्यकर्तालाई राजनीतिक तथा वैचारिक रुपमा प्रशिक्षित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र, जनआन्दोलन, मधेश, थरुहट लगायत विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नु प्रशिक्षण कार्यक्रमको उद्देश्य भएको प्रदेश अध्यक्ष यादवले बताए ।

उनले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता, लगायत महत्वपूर्ण उपलब्धीहरुको रक्षा गर्नुपर्ने आजको आवश्यकता छ । प्रतिगामी शक्तिहरुले षडयन्त्र गरी यी मुद्दाहरुलाई कमजोर बनाउने प्रयास गरिरहेका छन् । प्रतिगमनकाविरुद्ध संघर्ष गर्न हाम्रो अभियान हो ।’

जसपा संघीय परिषद सदस्य तथा रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले प्रशिक्षण कार्यक्रम उपलब्धीमूलक भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

IME
khanepani