साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ आज पनि प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

बिहीबार प्रतितोला १४ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२२,मंसिर.२०८०,शुक्रबार ११:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्