बिपिनका बुवालाई प्रधानमन्त्रीले भने, ‘छोराको रिहाको लागि पहल गरिरहेका छौँ’
वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:४४
shares

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायल युद्धमा बेपत्ता भएका बिपिन जोशीको रिहाइको लागी सरकारले पहल गरिरहेको बताएका छन् ।
धनगढी पुगेका प्रधानमन्त्री प्रचण्डलाई बिपिनका बुवा महानन्द जोशी बिमान स्थलमा भेटेका थिए । त्यस क्रममा महानन्द जोशीले छोराको रिहाईको लागि पहल गर्न प्रधानमन्त्रीलाई अपिल गरेका थिए ।
‘हामी पहल गरिरहेका छौँ । केही सकारात्मक उपलब्धि हुन सक्छ ।’ प्रधानमन्त्रीले बिपिनका बुवालाई भने ।





















