काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिइन्

4.17K
shares
khanepani bord

धनगढी । बैतडीमा दुई महिनादेखि बेपत्ता युवती मृत अवस्थामा भेटिएकी छन् ।

सुर्नया गाउँपालिका-८ की २० वर्षीया कल्पना महरा स्थानीय कैलपाल सामुदायिक वनमा मृत अवस्थामा भेटिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक गिरीले जानकारी दिए ।

डीएसपी गिरीले असोज २५ गतेदेखि बेपत्ता महराको शव सामुदायिक वनमा भेटिएको पुष्टि गरे ।

उनका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएकी महराको कंकाल फेला परेको हो ।

महराका परिवारले लुगाका आधारमा उनको पहिचान गरेको प्रहरी जनाएको छ ।

महरा घरबाट गोठालो गएका बेला असोजमा हराएकी थिइन् । मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

IME
khanepani