काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

लुम्बिनीमा सरकार विस्तारबारे प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीमगरबीच छलफल

5.56K
shares
khanepani bord

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीमगरबीच सरकार विस्तार, हिउँदे अधिवेशन आह्वान, विषयगत समितिको सभापति चयनलगायतका विषयमा छलफल भएको छ ।

छलफलमा सरकार र प्रदेशसभाका काम कारबाहीलाई प्रभावकारी रुपमा लैजान एकापसमा समन्वय गरेर जाने विषयमा मुख्यमन्त्री र सभामुखबीच समझदारी भएको सभामुखको सचिवालयले जनाएको छ ।

प्रदेशसभाको काम कारबाहीलाई प्रभावकारी बनाउन सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सहकार्य र सरकार गठबन्धनको विषयमा पनि छलफल भएको बताइएको छ ।

मुख्यमन्त्री र सभामुखबीच सरकार र प्रदेशसभा सञ्चालनको सन्दर्भमा नियमित रुपमा छलफल भए पनि राजधानी देउखुरी उपत्यका सरेपछि बुटवलमा भेटघाट भएको थिएन । लामो समय सरकारले पूर्णता नपाउँदा प्रदेशसभामा रहेका विषयगत समितिले समेत नेतृत्व पाउन सकेको छैन ।

IME
khanepani