काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

साना किसान लघुवित्तको ३ लाख ९२ हजार कित्ता संस्थापक सेयर बेच्दै एनआईसी एसिया बैंक

3.51K
shares
khanepani bord

काठमाडौ । काठमाडौ एनआईसी एसिया बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्री गर्नेगरी लघुवित्तका संस्थापक तथा साना किसान सहकारीहरुबाट आवेदन माग गरेको हो ।

बैंकका अनुसार प्रतिकित्ता न्यूनतम ३४८ रुपैयाँका दरले इच्छुक लगानीकर्ताले आइतबारदेखि नै गोप्य शिलबन्दीमार्फत आवेदन दिन सक्ने छन् । पुस २९ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

एनआईसी एसिया क्यापिटल थापाथली तथा साना किसान विकास लघुवित्तका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ । ‘न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ, भने सेयर बाँडफाँटमा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइनेछ’ बैंकले भनेको छ ।

IME
khanepani