साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा एकैदिन प्रतितोला एक हजार ३०० रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला १४ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १४ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२४,मंसिर.२०८०,आईतवार ११:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्