साना किसान लघुवित्तको २० प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति?

काठमाडौ । काठमाडौ साना किसान लघुवित्तले गत आर्थिक वर्ष २०७९–८० को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (कर प्रयोजनसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष भने कम्पनीले २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ तिशत लाभांश वितरण गरेको थियो।

गत वर्षको तुलनामा कम्पनीको लाभांश दर घटेको छ।

२४,मंसिर.२०८०,आईतवार ११:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्