काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पाण्डेको इजलासमा

4.42K
shares
khanepani bord

काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ ।

जिल्ला अदालतले न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकेको हो । उक्त मुद्दा पहिलो प्राथमिकतामा राखिएको छ ।

गत २३ कार्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाईका लागि फेरि पेशी तोकिएको हो । बन्द इजलासमा सुनुवाई गर्ने जिल्ला अदालतले यसपाली अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो । जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए ।

IME
khanepani