काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

लमजुङमा क्रिसमसको भोज खाएका १ जनाको मृत्यु, ३३ जना बिरामी

3.87K
shares
khanepani bord

पोखरा । लमजुङको सुन्दरबजार नगरपालिका–८ मा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३३ जना बिरामी परेका छन् ।

शुक्रबार बेलुका सामूहिक भोज खाएकामध्ये हालसम्म ३३ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय लमजुङका डिएसपी मिनबहादुर घलेले जानकारी दिए । घाइतेमध्ये सुन्दरबजार–९ की ३२ वर्षीया देवी परियारको मृत्यु भएको डिएसपी घलेले बताए ।

बिरामीहरुको सामुदायिक नमुना अस्पतालमा उपचार भइरहेको छ । ‘शुक्रबार भोज खानुभएको रहेछ । कसैलाई हिजोबाट र कसैलाई आजदेखि ज्वरो आउने, टाउको दुख्ने, पखला लाग्ने जस्ता लक्ष्यण देखिएको रैछ । अहिले बिरामीको उपचार भइराखेको छ,’ उनले भने, ‘मैले डाक्टरसँग कुरा गरेको थिए । उपचार गरिराखेका छौं । भन्नुभएको थियो ।’

डाक्टरले फुट पोइजन कै कारण बिरामी भएको बताएको डिएसपी घलेले बताए । सुन्दरबजार ८ मा शुक्रबार रातिसम्म क्रिसमसको अवसरमा सामूहिक भोजको आयोजना गरिएको थियोे ।

IME
khanepani