काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट डिस्चार्ज

6.05K
shares
khanepani bord

काठमाडौ । काठमाडौ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन्।

गत मंसिर १९ गते गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका श्रेष्ठको मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरिएको थियो।

स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले चिकित्सकको सल्लाह र सिफारिसमा आइतबार डिस्चार्ज गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

गृहमन्त्री श्रेष्ठको उपचारमा डा अरूण मास्के सहितको चिकित्सक टोली संलग्न थियो।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीन भ्रमणमा गएका बेला गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या (एक्युट मायोकार्डियल इन्फ्राक्सन) भएको थियो। त्यहीँ उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएकाले एन्जियोप्लास्टी सर्जरी गरिएको मन्त्रालयले जानकारी दिएको छ।

IME
khanepani