काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

अष्ट्रेलियाको राजधानीसँग काठमाडौंको भगिनी सम्बन्धको पहल, सुनिता डंगोल र मुख्यमन्त्रीबीच वार्ता

6.03K
shares
khanepani bord

काठमाडौं । अष्ट्रेलियाको राजधानी सहर एसिटी र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाको पहल थालिएको छ ।

हालै अष्ट्रेलिया सरकारको निम्तोमा गएकी काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल र एसिटीका मुख्मन्त्री एन्ड्रीयु जेम्स बार्रबीच भएको वार्तापछि यसबारे प्रक्रिया अघि बढाइएको हो ।

भेटमा एसीटी महिला योजना २०१६ – २०२६ बारे पनि छलफल भएको उपमेयर डंगोलले जानकारी दिइन् । डंगोलले भनिन्–‘भ्रमणका क्रममा एसिटीका मुख्यमन्त्री एण्ड्रियु जेम्स बारसँग भेट गरी काठमाडौं महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने विषयसँग सम्बन्धी आवश्यक पहल भएको छ । यसका साथै उर्जा आवश्यकताको व्यवस्थापन, नेपाल र अष्ट्रेलियाबिच प्रत्यक्ष हवाई उडान, स्थानीय भाषा र संस्कृति प्रर्वद्धनका लागि स्थानीय पाठ्यक्रमको विकास र निर्माणबारे पनि आवश्यक साझेदारी गर्ने बारे छलफल भयो ।

अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतावासको संयुक्त निमन्त्रणमा विशेष भ्रमण पूरा गरी डंगोल स्वदेश फर्किसकेकी छन् । त्यसक्रममा उनले सिड्नी, क्यानबेरा, होबर्ट र मेलबर्न सहरहरुको भ्रमण भ्रमण र विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् ।

खनिज तथा उर्जा, कृषि पर्यटनलगायतको अवलोकन भ्रमणका लागि मंसिर ८ गते उनी त्यसतर्फ गएकी थिइन् । डंगोलले भ्रमणका क्रममा अष्ट्रेलियाली प्रधानमन्त्री तथा मन्त्रिपरिषद विभाग, सामाजिक नीति तथा महिला अन्तराष्ट्रिय संलग्नता शाखाका प्रमुख रोचेल हवाईसँग भेट गरिन् ।

उक्त भेटमा महिला समावेशिता, संलग्नता र सशक्तिकरण सम्बन्धी कार्यक्रम, विभिन्न क्षेत्रहरुमा महिलाहरुको सहभागिता र लैंगिक विषयवस्तुको सुधारबारे छलफल भएको उनले बताइन् । सन् २०१७ पछि संभवतः पहिलो पटक यसरी जनप्रतिनिधिलाई विशेष महत्व दिएर बोलाएको उक्त भ्रमणका क्रममा मानव संशाधन, लैंगिक समानता, आधुनिक दासप्रथा विरुद्धको अभियानलगायतका कार्यक्रममा उनी सहभागी थिइन् ।

त्यसका लागि सम्भावित साझेदारी र समन्वय गर्न अष्ट्रेलियाली अन्तराष्ट्रिय मामिला तथा व्यापार विभागका वरिष्ठ अधिकृत ग्यारी कोवेनसँग पनि भेट भएको उनले बताइन् । भेटमा अष्ट्रेलियामा आदिवासी जनजातिको ज्ञान, सीप। मूल्य र मान्यतालाई संरक्षण, संवद्र्धन र प्रवद्र्धन कसरी गरिएको रहेछ भने ज्ञान आदानप्रदान गरिएको उनको भनाइ छ ।

भ्रमणका क्रममा न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीहरुसँग बैठक र अवलोकन भएको थियो भने उक्त भेटमा ऐतिहासिक र संस्कृतिक महत्व बोकेको मूर्ति तथा अमूर्त संस्कृतिक सम्पदा फर्काउने टोलीसँग पनि भेट भएको थियो ।

उनले भनिन्– ‘सन् १९७१ पछि नेपालबाट गैरकानुनी रुपमा हटाइएको पद्मपनिको मूर्तिलाई न्यू साउथ व्हेल्सका आर्ट ग्यालरीले सन् २०१० मा धेरै चरण लगाएर खरिद गरेको रहेछ । उक्त ऐतिहासिक महत्व बोकेको पद्मपनिको मुिर्तलाई नेपाल फर्काउने आवश्यक पहल र प्रक्रिया बारे कुराकानी भयो ।

‘भ्रमणका क्रममा अष्ट्रेलियाली संघीय सरकारका माननीय पिटर खलिलसँग भेट भयो । उक्त भेटमा दुई देश बीचको संघीय प्रणालीबारे छलफल भयो,’ डंगोलले भन्नुभयो, ‘भेटमा संघीय अभ्यास प्रभावकारिता र पारदर्शितालाई थप सशक्तिकरण गर्नका लागि सम्भावित साझेदारी र समन्वय बीच छलफल भयो ।’
भ्रमणका सिलसिलामा अष्ट्रेलियाली राष्ट्रिय पुँजी प्राधिकरणका कार्यकारी निर्देशक स्याली बार्नेससँग पनि उपमेयर डंगोलले भेट गरेकी थिइन् । भेटमा सहरी योजनाको प्राथमिकताहरुको प्रभावकारी ढंगले पहिचान गर्ने पद्धति,सहरी विकासका लागि रणनीतिक मार्ग, समावेशी र दिगो समुदायको विकासबारे सम्भावित कार्यक्रम, योजनातर्जुमा र सम्भावित साझेदारीबारे छलफल भएको उनले बताइन् ।

IME
khanepani