काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भनेर लाखौं ठगी गर्ने २ जना पक्राउ

4.34K
shares
khanepani bord

काठमाडौ । काठमाडौ अमेरिका र दक्षिण अफ्रिका पठाइदिन्छु भनेर ठगी गर्ने दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बर्दियाको मधुवन नगरपालिका-६ घर भई ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने ३० वर्षीय अभिषेक श्रेष्ठ र झापाको विर्तामोड नगरपालिका-४ घर भई काठमाडौंको गौरीघाट बस्ने १८ वर्षीय अन्जेश गिरी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अभिषेकलाई शुक्रबार लगनखेलबाट र अञ्जेशलाई सिनामंगलबाट पक्राउ गरेको हो।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार अभिषेकले अमेरिकामा प्रतिष्ठित होटलमा काम लगाइदिने र त्यसका लागि ३५ लाख लाग्ने बताएर सुरूमा ८ लाख रुपैयाँ लिएका थिए।

अञ्जेशले दक्षिण अफ्रिकामा महिनाको १ लाख २० हजार तलब हुने काममा पठाइदिने भन्दै विजय खत्री लगायतका दुई जनाबाट पटकपटक गरी १७ लाख रूपैयाँ लिएका थिए।

पैसा लिएर दुवै जना सम्पर्कविहीन भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।

शुक्रबार पक्राउ परेका दुवैलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

IME
khanepani