देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छः पूर्वप्रधानन्यायाधीश कार्की (भिडियो सहित)

काठमाडौं । पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताए ।

आईतवार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राणः सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा भ्रष्टाचार नहुने वतावरण बनाउनुपर्ने बताए । उनले देशमा सबै कुराहरु राम्रो भएपनि नेताहरु भने भ्रष्ट रहेका बताए ।

उनले भोलि आउने नेताहरु पनि भ्रष्ट हुने अवस्था रहेको भन्दै देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनु जरुरी रहेको बताए । उनले भ्रष्टाचारको सन्दर्भमा नेताहरुलाई मात्रै दोष दिन भने नमिल्ने बताए । उनले देशमा भ्रष्टाचार गर्न अघि नबढ्ने कोही नभएको भन्दै सबैले भ्रष्ट मानसिकतालाई त्याग्नुपर्ने बताए ।

उनले भने, – ‘हामी धेरै निराश पनि हुनुहुँदैन । मुलुक छ हामीसँग । माटो छ । राज्य बन्ने कुरा त जनता पनि छ । सबै कुरा छ नभएको होइन । एउटै हामीसँग बेकम्मा के प¥यो भने भ्रष्ट नेताहरु प¥यो । तर एकदिनको कुरा होइन । भोलि आउने पनि यस्तै हुन्छ । अहिले जो नयाँ–नयाँ भएर आएका छन् त्यो पनि त्यस्तै हुन्छ । तर वातावरण बनाउनु प¥यो । भ्रष्टाचार नगर्ने वातावरण मुलुकमा हुनु जरुरी छ । यिनीहरुलाई मात्रै तपाई, हामीले दोष दिन मिल्दैन । हामीमध्ये धेरै पनि त्यस्तै छौँ । पुग्यो भन्ने कोही छैन । भ्रष्टाचार गर्नलाई अघि नबढ्ने कोही छैन । आफूलाई नहुञ्जेलसम्म बोल्ने, अनि आफूलाई भइसकेपछि पुग्ने ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले सरकारको मानसिकता ‘जफत गर्ने’ मात्रै भएको टिप्पणी गरे । उनले नागरिकसँग भएका जेथाहरु समेत राजनीतिक दलका कार्यकर्ताहले जफत गर्ने गरेका बताए । उनले राजनीतिक दलहरु सँग गुण्डा, फटाहा र मवाली मात्रै कार्यकर्ताहरु रहेका उनले बताए । आम नागरिकमा आर्थिक अभाव भएपनि दलका कार्यकर्ताहरुसँग भने करोडौँ सम्पती भएको उनको भनाई छ ।

उनले भने, – ‘अहिलेको सरकारको मानसिकता मैले कस्तो देखिरहेको छु भने यिनीहरुको खालि कसरी हुन्छ जफत गर्ने । जो सँग अलिअलि जेथा थियो त्यो पनि यिनीहरुले जफत गरिसकेँ । गुण्डा, फटाहा, मवाली तिनै न हुन् यिनीहरुको कार्यकर्ता । हुनत उनीहरुले चाहेर गुण्डा, मवाली लिएका होइन । तर यिनीहरुसँग अब को आउने रु त्यही त हो । यिनीहरुको काम गर्न त्यही गुण्डा, मवाली बाहेक अब बाँकी छैन । तिनै जान्छन् । तिनैले गर्न सक्छन् । अरुले त सक्दैनन् । यिनका तलका कार्यकर्ता भनेको एसएलसी पास पनि छैनन् । त्यस्ता कार्यकर्ता जो करोडौँ–करोड सम्पति लिएर बसेका छन् । यो हालत यो देशको छ । यि कारणले गर्दा व्यवस्था नै जाने भन्ने कुरा त आउँदैन । यो व्यवस्था भारतमा ठिक हुने, इंल्याण्डमा ठिक हुने । अमेरिकामा हुने । सबैतिर हुने । अर्को कुरा, संविधानको कुरामा, मेरो तर्क के छ भने संविधानमा लेख वा नलेख राम्रो कुरा गर्नलाई संविधानले कहिल्यै पनि रोक्दैन । राम्रा कुराहरु संविधानमा छैन भन्दैमा गर्न नपाइने भन्ने कुरा त होइन नि । गर्न पाइन्छ नि । संविधानका कतिपय प्रावधान त अमेरिकामै पुगेको छैन । सबै लेखेजति प्रावधान त नपुग्न पनि सक्छ । तर त्यति भनेर संविधान खराब पनि भन्न सकिदैनँ । संविधानमा केही कुरा खराब छन् भने संशोधन गर्दै गर्दै समय सापेक्ष परिवर्तन गर्दै लानुपर्ने हुन्छ ।’

पूर्वप्रधानन्यायाधीश कार्कीले देशमा देखिएका विसंगतिका कारण व्यवस्था जाने अवस्था भने नआउने बताए । उनले संविधानमा देखिएका समस्याहरुलाई भने संशोधन गर्दै जान सकिने बताए ।

२४,मंसिर.२०८०,आईतवार २०:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्