गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

ओलीलाई सिन्धुपाल्चोकमा माओवादीको स्वागत, एमालेको सभामा पुगेर बलेफीका अध्यक्षले दिए मायाको चिनो

4.37K
shares
khanepani bord

काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्राका क्रममा सिन्धुपाल्चोक पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रले स्वागत गरेको छ ।

माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष तथा प्रदेशसभा सांसद सरल सहयात्री र बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले ओलीसहितको एमाले टोलीलाई स्वागत गरेका हुन् । अध्यक्ष तामाङ गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

ओलीलाई सुकुटेमा स्वागत गर्दै गरेको तस्बिर फेसबुकमा राखेर उनले लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सिन्धुपाल्चोकमा हार्दिक स्वागत ।’

गाउँपालिका अध्यक्ष तामाङले खाडिचौरमा आयोजित आमसभास्थलमा पुगेर स्वागतसहित मायाको चिनो दिएका छन् ।

बैतडीको झुलाघाटबाट संकल्प यात्रा थालेको एमालेको टोली आज १२ औं दिनमा सिन्धुपाल्चोक आइपुगेको छ । खाडिचौरमा सभा गरेर आजै रामेछापको मन्थली पुग्ने एमालेको तयारी छ ।

IME
khanepani