सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो नगद लाभांश करसहितको हो । कुल ३० करोड ८७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण तथा लाभांश प्रस्ताव बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाउने निर्णय बैठकले गरेको छ ।

साबिकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्ज भइ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको हो ।

२२,माघ.२०८०,सोमबार १०:५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्