नेपाली बजारमा सोमबार पनि घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौ । काठमाडौ नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।

आइतबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।

आइतबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२२,माघ.२०८०,सोमबार ११:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्