छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलनरत आरती साहको आफन्तलाई प्रहरी नियन्त्रणमा

काठमाडौं । लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका जनकपुरका आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडी प्रदर्शन गर्न खोज्दा साहकी आमा र भाईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आरतीको न्यायको लागि ज्ञापनपत्र बुझाउन उनीहरु सिंहदरबार प्रवेश गर्न खोजेका थिए । गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए ।

यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । आरतीका आमा, बुवा र बहिनी विगत लामो समयदेखि काठमाडौंमा धर्ना नै बसेका छन् ।

२२,माघ.२०८०,सोमबार १७:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्