पत्रकारहरुले स्वच्छ पत्रकारीता गर्न सांसद कार्कीको आग्रह (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू मिडियामा आए जस्ताे फरार नभएको बताएका छन् । टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताए ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस विषयमा अरु केही नबोल्ने तर स्वस्थ पत्रकारिता गर्न सुझाव दिएका थिए ।

सो प्रकरणमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले आफ्नो अनुसन्धान अन्तिम चरणमा पु¥याएको छ ।

२२,माघ.२०८०,सोमबार २०:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्