नेसनल लाइफ इन्स्योरेन्सको खुद नाफा १६.९ प्रतिशत बढ्यो

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्सको खुद नाफा १६.९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २५ करोड ५१ लाख रुपैयाँ छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो नाफा २१ करोड ८२ लाख रुपैयाँ थियो ।

कम्पनीको खुद प्रिमियम आम्दानी बढ्नु, लगानी तथा ब्याजवापतको आम्दानी बढ्नुले खुद नाफा बढेको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद प्रिमियम आम्दानी ७ अर्ब ५३ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

लगानी तथा ब्याज वापतको आम्दानी पहिले २ अर्ब ३५ करोड रहेकोमा अहिले २ अर्ब ६९ करोड पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा छ ।

२३,माघ.२०८०,मंगलवार ०९:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्