शान्ति बाटिकाबाट लखेटिएका पीडितको प्रश्न- अब कहाँ जाने ? नगर प्रहरीको जवाफ- सिंहदरबार जानू

काठमाडौं । विभिन्न मुद्दा बोकेर न्यायका लागि लामो समयदेखि राजधानीमा रहेका पीडितहरू शान्ति बाटिकाबाट पनि लखेटिएका छन् ।

यसअघि माइतीघरमा धर्नामा रहेका उनीहरू सरकारले निषेधाज्ञा जारी गरेपछि शान्ति बाटिका सरेका थिए । त्यहाँबाट पनि मङ्गलवार महानगर प्रहरीले लखेटेको छ ।

अब उनीहरूलाई कहाँ गएर न्याय माग्ने भन्ने पिरलो छ ।

महानगरले त्यहाँ शान्तिपूर्ण धर्नामा रहेकाहरूलाई किन निकाल्यो भन्ने खुलेको छैन । यद्यपि पीडितहरूको एउटै प्रश्न छ ‘हिजो माइतीघरबाट निकाल्नुभयो । आज शान्ति बाटिकाबाट अब हामी कहाँ जाने ?’

पीडितहरूको यो प्रश्नमा महानगरले प्रहरीले ‘सिंहदरबार जानु’ भन्दै जवाफ फर्काएका छन् ।

२३,माघ.२०८०,मंगलवार १०:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्