मंगलबार बढ्यो अमेरिकी र अष्ट्रेलियन डलरको भाउ, अन्य कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

एजेन्सी । मंगलबार अमेरिकी डलरसँगै अष्ट्रेलियन डलरको मूल्य बढेको छ।

राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ६० पैसा र बिक्रीदर १३३ रूपैयाँ २० पैसा कायम गरिएको छ।

सोमबार डलर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसा कायम थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसा बढेको हो।

अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रूपैयाँ २६ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६५ पैसा पाइन्छ।

सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ २३ पैसा र बिक्रीमा ८६ रूपैयाँ ६२ पैसा तोकिएको थियो।

त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६८ पैसा तोकिएको छ।

आज युरो एकको खरिदमा १४२ रूपैयाँ ६२ पैसा र बिक्रीमा १४३ रूपैयाँ २७ पैसा तोकिएको छ।

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५२ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १० पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रूपैयाँ ९१ पैसा र बिक्रीमा २८ रूपैयाँ ०४ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ८० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको छ।

२३,माघ.२०८०,मंगलवार ११:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्