नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौ । काठमाडौ नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ बढेको छ।

मंगलबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यस दिन अघिल्लो दिनको तुलनामा प्रतितोला छ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

आज चाँदी प्रतितोला एक हजार तीन सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

२४,माघ.२०८०,बुधबार ११:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्