
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को मिटर रिडर, पम्प चालक र चाँवी चलाउने कामलाई मेरुदण्डको रुपमा लिइर्दै आएको छ ।
यस कम्पनीले यस्ता कर्मचारीहरुको अतिआवश्यकतालाई ध्यान नै नदिइ यी पदहरु स्थायी नगर्ने गरि खारेज गरेको कर्मचारी विनियमबाट देखिन आएको छ । तर, यस्ता कर्मचारी आवश्यकता परेमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, कर्मचारी प्रशासन विनियमावालीको नबौं संशोधन २०७६ सहित २०६४ को दफा १४ मा करारमा काम लगाउन सकिने भन्ने व्यवस्था गरेको देखिएको छ । दफा १४ को उपदफा १ मा सामान्यतया अस्थायी वा करारमा कर्मचारी नियुक्ति गरिने छैन । तर, तह १,२ र ३ का पदमा कम्पनीको आवश्यकता र पदको प्रकृति अनुसार ज्यालादारी वा करारमा कर्मचारी नियुक्ति गर्नु पर्ने भएमा प्रतिस्पर्धाका आधारमा मात्र गरिने छ । ज्यालादारी वा करारमा कर्मचारी नियुक्ति गर्नका लागि पदको कार्यविवण, नियुक्ति प्रक्रिया, उम्मेदवारको योग्यता तथा मापदण्ड सम्बन्धी व्यवस्था पदपूर्ति समितिको सिफारीसमा संचालक समितिबाट स्वीकृत गरि सर्वाजनिक गरिने छ भन्ने उल्लेख गरिएको छ । यसमा सेवा करारमा वा ठेक्कामा कर्मचारी राखिने छ भन्ने कतै उल्लेख गरेको पाइदैन ।
त्यसै गरि काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी प्रशासन विनियमावाली २०६४ (दशौ संशोधन २०७८ सहित) मा पनि सोहि दफामा सोहि व्यवस्था उल्लेख गरिएको पाइन्छ । यसले पनि कर्मचारीहरु सेवा करार वा ठेक्कामा लिने व्यवस्था गरेको देखिर्दैन ।
आफ्नो कर्मचारी विनियम समेत अध्यायन नगरिकन कम्पनीका कर्मचारी नियुक्ति गर्ने प्रक्रिया भन्दा बाहिर गएर कर्मचारी ठेक्कामा लिने प्रक्रिया केयूकेएल संचालक समिति, केयूकेएल पदपुर्ति समिति, केयुकेएलका सिइओ, केयुकेएलका कर्मचारी प्रशासन महाशाखा प्रमुख र खरिद प्रमुखलाई कुनै अधिकार दिएको देखिदैन । यसरी घाम जस्तै छल्र्लङ भएको नियम, ऐन र कानूनको समेत धज्जी उडाउदै अधेरो पार्न खोज्ने कुपात्रहरुलाई अधिकारको दुरुपयोग गरेको अभियोग लागेमा आश्र्चाय मान्नु पर्दैन ।
केयुकेएलका व्यवस्थापनका पदाधिकारीहरुले समय समयका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनीको नियम र कानुन सम्मबद्ध निर्देशनलाई
अपव्यख्या गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बद्नाम समेत गरेको पाइएको छ । केयुकेएलमा केहि समय अगाडि मिटर रिडरको सेवा निजी कम्पनीहरुलाई दिन टेण्डर भएको थियो । यस सम्बन्धमा केयुकेएलका अधिकारीहरुसँग बुझ्दा उनीहरुले कम्पनीको कर्मचारी विनियममा जे सुकै लेखिएको भएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन नै यस्तै छ भनेको समाचार स्रोतले बताएको छ । यस सम्बन्धामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता नरहरी घिमिरेसँग बुझ्दा उनले भने, हामिले सरकारी नियम, विभिन्न सरकारी कम्पनीहरुका विनियम अनुसार कडाईका साथ काम गर्नु भनेको हो । अन्यथा निर्देशन अख्तियारको नभएको बताएका छन ।
तर, केयुकेएलका अधिकारीहरुले अख्तियारको निर्देशनको हवाला दिर्दै कान्तिपुर सेक्युरिटि सर्भिसलाई मिटर रिडर र सवारी चालकको काम ठेक्का दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन ।
खरिद ऐन र नियम अनुसार पनि केयुकेएलका अति महत्वपूर्ण सर्भिसका कामहरु ठेक्का दिन पाउने प्रावधान देखिर्दैन । तर, केयुकेएलका अधिकारीहरु सेवा ठेक्का लगाएवापत मोटो रकम पाउने लोभमा ठेक्का लगाउने तयारीमा रहेको देखिन्छ ।
उनीहरुले आवा २०८०/८१ का लागि ठेक्का आव्हन गरेको देखिन्छ तर, आवा ८०/८१ को ५ महिना मात्र समय रहेको छ । ५ महिनाको लागि एक वर्षको ठेक्का लगाएको देखाएर लाखौ रुपयाँ कमिशन खाने खेल रहेको बुझ्न कठिन छैन । यसरी कर्मचारी विनियमावाली भन्दा बाहिर गएर चोर ढोकाबाट ठेकेदार मार्फत कर्मचारी भर्ना गर्न लगाउने केयुकेएल संचालक समिति, केयुकेएल व्यवस्थापक, खरिद शाखा र प्रशासन महाशाखाका कर्मचारीहरुबाट ठेक्का प्रक्रियाका लागि भएको विज्ञापन र बैठक खर्च भराउनु पर्ने देखिएको छ । यस विषयमा अख्तियार दुरुपयोग भएको देखिएको हुदा अख्तियारले ठेक्का प्रक्रियाका सबै कागजात नियन्त्रण लिइ कर्मचारी विनियमवाली बमोजिम भए नभएको अध्यायन गरि दोषिलाई कारवाहि हुन जरुरी देखिएको कर्मचारीहरुको भनाइ रहेको छ ।
आफ्नै कर्मचारी विनियमावली समेत अध्यायन नगरि कर्मचारी ठेक्कामा लगाउने अधिकारीहरुले काठमाडौं उपत्यका बासीहरुलाई शुद्ध र सोच्छ पीउने पानी खुवाउँछ भन्ने कुरामा समेत नैतिक प्रश्न उठेको छ ।
त्यसैगरि काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कर्मचारीहरुको हक, हितको रक्षाका भनेर ५ बटा कर्मचारी युनियनहरु खडा भएका छन । तर, युनियनका नेताहरु आफ्नो व्यक्तिगत हित र स्वार्थ भन्दा माथि उठेको हालसम्म देखिएको छैन ।
उनीहरु व्यक्तिगत स्वार्थ पुर्तिका लागि व्यवस्थापनसँग सौदाबाजी गर्दै निहित स्वार्थ पुरा गरिरहेको देखिन सकिन्छ । आवश्यकता पर्दा तिनै सेवा करारका कर्मचारीहरुलाई धर्ना, घेराउ र नाराबाजीमा लगाउने र तिनै कर्मचारीहरुको रोजीरोटीमा समस्याहुदाँ फुड्सलमा रमाएको देख्दा, देख्नेलाई भन्दा… के गर्नेलाई लाज जस्तो भएको छ ।
केहि त लोभी पापी कर्मचारी नेताहरु थिए नै, तर आफुलाई अब्वल दर्जाको क्रान्तिकारी हुँ भन्नेहरु समेत ठेक्कामा हिस्सेदार रहकोे शंका उत्पन्न भएको छ ।
कर्मचारी विनियमावली यस प्रकार छ ः
प्रतिक्रिया दिनुहोस्