१५ दिनभित्र सार्वजनिक जग्गा खाली गराउन टोखा नगरपालिकाको निर्देशन

काठमाडौ । काठमाडौ टोखा नगरपालिकाले १५ दिनभित्र सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको छ।

नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै नगरभित्रको सार्वजनिक जग्गा खाली गराउन निर्देशन दिएको हो।

सूचनामा नगर क्षेत्रभित्र पर्ने नदिनाला तथा खोल्साखोल्सीको करिडोरको मापदण्डमा बनेका संरचनाहरू समेत हटाउन आग्रह गरेको छ।

१५ दिनभित्र जग्गाहरू खाली नगराइए कानुन बमोजिम नगरपालिका आफैंले खाली गराइने सूचनामा उल्लेख छ।

नगरपालिकाले केही दिन अघिदेखि नै विष्णुमती करिडोरको बाटो खोल्न घर÷टहरा हटाउने कार्य सुरू गरिसकेको छ।

नगरपालिकाले नगरभित्रको सार्वजनिक जग्गा संरक्षणका लागि दोस्रोपटक सूचना निकालको हो।

नगर कार्यपालिकाको पहिलोपटक भदौमा ३५ दिनभित्र अतिक्रमित भएका सरकारी जग्गाहरू खाली गराउन सूचना प्रकाशन गरेको थियो।

अतिक्रमित जग्गाहरू खाली नगरिएपछि पुनः सूचना जारी गरेको हो।

२४,माघ.२०८०,बुधबार १४:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्