संघीयता कार्यान्वयनमा बल पुग्ने गरी सरकारले विधेयक प्रस्तुत गर्नुपर्छ: राजेन्द्र पाण्डे

काठमाडौ । काठमाडौ नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुग्ने विधेयक पेश गर्नुपर्ने बताएका छन्।

संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धी विधेयक संसदको चालु अधिवेशनमा अघि बढाएर प्रदेश र स्थानीय सरकारको काममा तीब्रता दिनुपर्ने उनले बताए।

प्रतिनिधि सभामा बुधबार पार्टीका तर्फबाट धारणा राख्दै एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पाण्डेले संसदको चालु अधिवेशनमा सरकारले प्रि-बजेट सम्बन्धी छलफल भएर बजेट निर्माणमा नयाँ परम्पराको सुरूवात गर्न लागेको बताए।

‘यो अधिवेशनमा संघीयताको कार्यान्वयनलाई बल पुर्‍याउन सकिने गरी त्यस्ता विधेयकहरु प्रस्तुत भएका छन्। विशेष गरी संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धी विधेयक पनि यस अधिवेशनमा अगाडि बढन सकोस भनेर म भन्न चाहन्छु,’ उनले भने।

२४,माघ.२०८०,बुधबार १५:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्