
काठमाडौं । प्रतिनिधि सभाबाट सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० पारित भएको छ ।
बुधवार बसेको बैठकले सम्पती शुद्धीकरण सम्बन्धि निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० बहुमतले पारित गरेको हो ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रतिनिधिसभाको अर्को फागुन ६ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
आगामी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ। प्रधानमन्त्रीका लागि प्रश्नोत्तर लागि २ फागुन दिउँसो ३ बजेभित्र सांसदहरूले लिखित प्रश्न दर्ता गराउन सभामुख घिमिरेले निर्देशन दिए।
प्रतिक्रिया दिनुहोस्