भक्तजनले राखेका झोलाबाट चोरी गर्ने मन्दिरका सरसफाइ कर्मचारी पक्राउ

काठमाडौं। मन्दिरमा सरसफाइ गर्ने राखिएका कर्मचारी चोरी आरोपमा पक्राउ परेका छन् ।

काठमाडौंको टोखास्थित लिङ्ग भैरवी मन्दिरमा सरसफाइको काम गर्दै आएका कैलालीको लम्कीका २९ वर्षीय सिमरन सन्न्यासी पक्राउ परेका हुन् ।

उनी मन्दिरमा भएका चोरीका घटनामा निरन्तर संलग्न रहेको प्रहरीको दाबी छ । मन्दिरमा राखिएको सिसिटिभीका आधारमा प्रहरीले सन्न्यासीको संलग्नता देखिएको दाबी गरेको छ।

प्रहरीका अनुसार सन्न्यासीले पनि आरोप स्विकारेका छन् । सन्न्यासीले दुई फरक घटनामा भक्तजनको झोलाबाट एक लाख र ४० हजार रुपैयाँ झिकेको दाबी गरिएको छ ।

यस्तै दुईवटा मोबाइल, घडी र मन्दिरमा राखिएका माइकलगायतका सामानहरू पनि उनले चोरेको प्रहरीले जनाएको छ ।

सन्न्यासीलाई मासिक १५ हजार रुपैयाँ तलब दिने गरी एक वर्षअघि उक्त मन्दिरमा जागिर दिइएको थियो ।

२५,माघ.२०८०,बिहीबार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्