शुक्रबार कतिमा साटिन्छन् अमेरिकी, क्यानेडियन डलर र दिराम?

एजेन्सी । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०४ पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ २५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६९ पैसा पाइन्छ।

यस्तै, युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४३ रूपैयाँ १९ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ०१ पैसा र बिक्रीमा ८६ रूपैयाँ ४० पैसा तोकिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ७७ पैसा र बिक्रीमा २७ रूपैयाँ ८९ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२९ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३१ रूपैयाँ ८८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९३ पैसा तोकिएको छ।

२६,माघ.२०८०,शुक्रबार ११:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्