टसबाट विजेताको टुंगो लगाउँदा विवाद, पछि संयुक्त विजेता घोषणा

काठमाडौ । काठमाडौ दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-१९ महिला च्याम्पियनसिपमा भारत र बंगलादेशलाई संयुक्त विजेता घोषणा गरिएको छ।

बिहीबार बंगलादेशमा भएको फाइनलमा दुवै टिमले निर्धारित समयको खेलमा १-१ गोलको बराबरी खेलेका थिए।

त्यसपछि भएको पेनाल्टी सुटआउटमा दुवै टिमले ११-११ गोल गरेका थिए।

पेनाल्टी सुटआउटमा पनि ११-११ गोलको बराबरी भएपछि टसमार्फत् भारतलाई विजेता घोषणा गरिएको थियो।

तर साफको नियममा टसमार्फत् विजेता घोषणा हुन नसक्दै भन्दै बंगलादेशले विरोध गरको थियो। विरोध गर्दै बंगलादेशले मैदान छाड्न अस्विकार गरेको थियो।

त्यसपछि आयोजक साफले दुवै टिमलाई संयुक्त घोषणा गर्‍यो।

प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो। नेपालले समूह चरणमा भारत र बंगलादेशसँग हार बेहोर्दा भुटानलाई पराजित गरेको थियो। चार देशबीच भएको प्रतिस्पर्धामा राउन्ड रोबिन लिगको शीर्ष दुई टिम भारत र बंगलादेशले फाइनल खेलेका हुन्।

२६,माघ.२०८०,शुक्रबार ११:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्