शनिवार चीनसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली युवा टोलीको घोषणा

काठमाडौं । शनिवार चीनसँग हुने मैत्रीपूर्ण फुटबलका लागि नेपाली युवा टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले २४ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो ।

चिनियाँ टोलीसँग खेल्ने नेपाली युवा टिममा मनिष र आयुष पनि अटाएका छन् ।

एन्फाका अनुसार पुजन होला, अजय चौधरी, पदम भट्टराई छिरिङ लामा, योगश गुरुङ, विशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्सम र सञ्जीव विष्ट रहेका छन् ।

यस्तै लाकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुस घलान, अशिक बाबु, मनिस डाँगी, सन्तोश महत, निरन्जन धामी र अन्जल महर्जन रहेका छन् ।

खेल शनिवार दिउँसो तीन बजे दशरथ रंगशालामा हुनेछ । खेलका लागि ३ सय र ५ सय दरको टिकटको व्यवस्था रहेको एन्फाले जनाएको छ ।

२६,माघ.२०८०,शुक्रबार १२:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्