घट्यो आइफोनको मूल्य, आइफोन १५ को सुरुआती मूल्य एक लाख ३५ हजार

काठमाडौ । काठमाडौ बजारमा आइफोनको मूल्य घटेको छ।

विश्व बजारमै एप्पलले आइफोनको मूल्य घटाएसँगै नेपाली बजारमा पनि आइफोनको विभिन्न सिरिज र त्यसको मोडलको मूल्य घटाइएको हो।

नयाँ मूल्य सूचीअनुसार गत सेप्टेम्बरमा सार्वजनिक आइफोन १५ को विभिन्न मोडलको मूल्य पनि घटाइएको छ।

यसभन्दा अघि १२८ जिबी क्षमता भएको आइफोन १५ को मूल्य एक लाख ४५ हजार तीन सय ९० रूपैयाँ पर्नेमा नयाँ मूल्य एक लाख ३५ हजार दुई सय रूपैयाँ तोकिएको छ।

१ टिबी क्षमताको आइफोन १५ प्रो म्याक्सको नयाँ मूल्य दुई लाख ८९ हजार नौ सय रूपैयाँ तोकिएको छ। यसभन्दा अघि यसको मूल्य दुई लाख ९६ हजार नौ सय ९९० रूपैयाँ थियो।

कम्पनीले आइफोन ११, आइफोन १२, आइफोन १३ र आइफोन १४ को मूल्य पनि घटाएको छ।

यस्तो छ नयाँ मूल्यसूचीः

मोडल नाम क्षमता नयाँ मूल्य पुरानो मूल्य
आइफोन ११ १२८ जिबी ७५,९०० ८५,५००
आइफोन १२ १२८ जिबी ८५,१०० ९५,५००
आइफोन १३ १२८ जिबी ९५,००० १,०६,५००
आइफोन १४ १२८ जिबी १,१४,००० १,२५,५००
आइफोन १५ १२८ जिबी १,३५,२०० १,४५,३९०
आइफोन १५ २५६ जिबी १,५४,२०० १,६४,४९०
आइफोन १५ ५१२ जिबी १,९१,९०० २,०२,४९०
आइफोन १५ प्लस १२८ जिबी १,५४,२०० १,६४,९९०
आइफोन १५ प्लस २५६ जिबी १,७३,००० २,८३,४९०
आइफोन १५ प्लस ५१२ जिबी २,१०,८०० २,२०,९९०
आइफोन १५ प्रो १२८ जिबी १,७६,५०० १,८३,४९०
आइफोन १५ प्रो २५६ जिबी १,९५,४०० २,०२,४९०
आइफोन १५ प्रो ५१२ जिबी २,३३,२०० २,३९,९९०
आइफोन १५ प्रो १ टिबी २,७०,९०० २,७७,९९०
आइफोन १५ प्रो म्याक्स २५६ जिबी २,१४,३०० २,२०,९९०
आइफोन १५ प्रो म्याक्स ५१२ जिबी २,५२,१०० २,५९,९९०
आइफोन १५ प्रो म्याक्स १ टिबी २,८९,९०० २,९६,९९०

२६,माघ.२०८०,शुक्रबार १६:०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्