चीन नेपाल जोड्ने सडक कनेक्सन कमजोर छन यसलाई बलियो बनाउन सरकारसँग जोडदार माग गर्दछुः चन्द्र ढकाल(भिडियो सहित)

काठमाडौं । उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल र चीनको कूटनीतिक माध्यमबाट सीमा क्षेत्रको विकास र व्यापार प्रवद्र्धन व्यवस्थित गर्नु पर्ने बताएका छन ।

शनिबार काठमाडौंमा नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औँ साधारणसभा उद्घाटन समारोहमा ढकाले उक्त कुरा बताएका हुन । उनले नेपाल–चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सुचारु र व्यवस्थित गर्ने विषयमा नेपाल सरकार र चीन सरकारवीच भएका सम्झौता कार्यन्वयनमा जोड दिएका छन । उनले तातोपानी लगायतका उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएपनि वस्तुगत आवश्यकताका दृष्टिले प्रयाप्त नरहेको र सडक सञ्जाल कमजोर रहेको समेत बताएका छन । उनले सडक सञ्जालको स्तरउन्नतीका लागि सरकारसँग माग समेत राखेका छन ।

२७,माघ.२०८०,शनिबार १३:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्