पासपोर्ट र टिकटबिनै एक यात्रु प्लेन चढेर लन्डनबाट न्युयोर्क पुगेपछि…

काठमाडौ । काठमाडौ टिकट र पासपोर्टबिनै लन्डनबाट न्युयोर्क पुगेपछि एक पुरूषलाई कारबाही गरिएको छ।

गत क्रिसमस इभमा बेलायतबाट न्युयोर्क प्रस्थान गरेको ७८७ ड्रिमलाइनर बोइङ जहाजमा ४६ वर्षीय क्रेग स्टुर्ट नाम गरेका ती पुरूष टिकट र पासपोर्टविनै यात्रा गरेका थिए।

साउथ चाइना मर्निङ पोस्टका अनुसार न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा चेकजाँचका क्रमममा स्टुर्टलाई त्यहाँको प्रहरीले पक्राउ गरेको थियो।

बेलायतको हिथ्रो विमानस्थलमा चेकजाँचका क्रममा स्टुर्टले अन्य यात्रुहरूको पछाडि लुकेर जाँचकीलाई छलेका थिए। तर १.८ मिटर अग्लो ती व्यक्ति कसरी अन्य व्यक्तिको पछाडि लुके भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ।

न्युयोर्कको जेएफ केनेडी विमानस्थलको सुरक्षा जाँच भने छल्न नसकेपछि उनलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर पुनः सोही विमानमा लन्डन फिर्ता गरिदिएको थियो।

हिथ्रो विमानस्थलमा सबैको कागजात चेकजाँच हुँदा उनले कसरी चार्टर्ड फ्लाइटमा प्रवेश पाए भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ। यसबारेमा त्यहाँका अधिकारीले अझै स्पष्ट जवाफ दिन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

जेएफकेबाट हिथ्रो विमानस्थल फर्काइएपछि उनलाई लन्डन प्रहरीले अध्यागमन कक्षबाटै पक्राउ गरेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

स्टुर्टलाई धोकाधडी र विमानस्थल सुरक्षा कानुनको उल्लंघनविरूद्धको कानुनमा कारबाही गरिएको थियो। उनलाई जनावरी २५ मा अदालत उपस्थित गराइएको थियो।

२९,माघ.२०८०,सोमबार १०:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्