
विराटनगर । विराटनगर नगरपालिका वडा नम्बर ३ घरेलु तथा साना उद्योग कार्यालय छेउमा शंकस्पद बस्तु फेला परेको छ ।
शंकास्पद बस्तु फेला परेपछि नेपाली सेना र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।
खाल्डो खनेर प्रेसर कुकर राखिएकाले शंकास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ । सो स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्