जनयुद्ध दिवसका अवसरमा पत्रकार/लेखक मनऋषि धितालका ६ पुस्तककाे प्रधानमन्त्रीले गरे सार्वजनिक

काठमाडौं । जनयुद्ध दिवसका अवसरमा पत्रकार एवं लेखक मनऋषि धितालको ६ वटा पुस्तक सार्वजनिक गरिएको छ ।

नेपाली जनयुद्धका अनुभूति समेटिएका उक्त पुस्तक मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच लोकार्पण गरेका हुन् ।

पत्रकार धितालको पुस्तक ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’ र ‘गण्डकयात्रा’ सार्वजनिक गर्दै प्रचण्डले जनयुद्ध दिवसको ऐतिहासिक अवसर पारेर इतिहासलाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने बताए । उनले जनयुद्धका बारेमा बुझ्न पुस्तक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको पुस्तक ‘रामराज्यका अँध्याराहरु’ समेत विमोचन गरिएको थियो ।

१,फाल्गुन.२०८०,मंगलवार १६:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्