केयुकेएलको कठपुतली व्यवस्थापनको विकल्पमा डिसिइओ नियुक्तिको पक्षमा खानेपानी मन्त्रालय

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल)को उच्च पदस्त अधिकारीहरु निकम्वा भएको पुष्टि खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले हिजो आयोजित एक समारोहलाई संबोधन गर्ने क्रममा बताएका हुन ।

केयूकेएलका अधिकारीहरुलाई प्रशिक्षण दिन दुई वर्षका लागि डिसिईओ ल्याउने खुलासा समेत सचिव आचार्यले गरेका छन । केयुकेएलका अधिकारीहरुले आयोजना गरेको उक्त समारोहमा केयूकेएलको संचालक समेत नआएकोमा खानेपानी मन्त्री महेन्द्र राय यादवले व्यवस्थापकहरुको कमजोरी प्रति रोष समेत प्रकट गरेका थिए ।

केयुकेएलको आर्थिक र प्रशासनिक काम गर्ने व्यवस्थापक नालायक र निकम्वा भएकै कारण डिसिइओ ल्याउन एशियालि विकास बैकका एजेन्टहरुको मन्त्रालयमा दवाव परेको सचिव आचार्यले खुलासा गरेका छन ।

केयुकेएल संचालक समितिमा खानेपानी मन्त्रालयसहित उपत्यकाका महानगरपालिका, नगरपालिका, निजी क्षेत्रमा चेम्बर अफ कर्मश र उद्योग बाणिज्य संघहरुको प्रतिनिधित्व रहेको छ । तर, हिजो आयोजित समारोहमा मन्त्रालयको बाहेक अन्य लगानी कर्ताको उपस्थित सून्य रहेको थियो ।

केयूकेएलको सिइओ पदपूर्तिको विषयमा समेत सचिव आचार्यले मन्त्रालयको आशय व्यक्त गरेका थिए । उनले भने, “केयूकेएलको सिइओ हिजो पत्रपत्रिकामा आएका नाम र उर्तिण अंक सहि र सत्य भए त्यसलाई मन्त्रालयले स्वीकार गर्न सक्र्दैन । मन्त्रालयले अर्कै व्यवस्था गर्न बाध्य हुने छ ।”

डिसिइओ केयुकेएलको आर्थिक, प्रशासनिक र प्राविधिक सूधारका लागि अतिआवश्यक भइसकेको विज्ञहरुको तर्क रहेको छ । हिजो कर्मचारी युनियनको अध्यक्ष भएका र जागिरको पूरै अवधि बजाउन र फुटाउनमै समय खर्च गरेका असक्षम पात्रहरुको कठपूतली व्यवस्थापनका पदाधिकारीहरुबाट सम्भव नहुने तर्क समेत सरोकारवालाहरु वीच चर्चा चल्ने गरेको छ ।

केयुकेएलमा असक्षम व्यवस्थाकपकहरुको रक्षाकवजका रुपमा केहि यूनियनका नेताहरु देखिएका छन । उनीहरुको मुढे तर्कले केयुकेएलको व्यवस्थापकिय क्षमतामा दैनिक क्षहिकरण भइरहेको छ । राम्रा भन्दा पनि हाम्रा खोज्ने केयुकेएलका युनियनहरुको गरिव मानसिकताले गर्दा केयूकेएलको आम मानिसहरु वीच दैनिक ग्रिदो विश्वासलाई उकास्न पनि अहिले केहि गरिहाल्नु पर्ने अवस्था आएको मन्त्रालयका अधिकारीहरुको तर्क छ ।
अबका केहि दिन भित्र केयुकेएलको पुर्नसंरचनाको खाका आईसक्ने सचिव आचार्यको दावी रहेको छ ।

२,फाल्गुन.२०८०,बुधबार १०:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्