नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर हुुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ खरिद–बिक्री?

काठमाडौ । काठमाडौ नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ।

अघिल्लो दिन प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

३,फाल्गुन.२०८०,बिहीबार ११:२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्