ललित राजवंशीले लिए नामिबियाका दुवै ओपनरको विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ ।

नेपाललाई पहिलो सफलता दिलाएका ललित राजवंशीले नै दोस्रो सफलता दिलाएका हुन् ।

उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए ।

ललितले १४औं ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा अनिल साहको हातबाट गराएका हुन् ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया १४ ओभरमा २ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ ।

३,फाल्गुन.२०८०,बिहीबार १४:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्