वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलासा (भिडियो सहित)

काठमाडौं । वीर अस्पतालको औषधी पसलले अधिकांश औषधी किन्न बाहिर पठाउने गरेको खुलासा भएको छ ।

बिहीबार स्वास्थ्य मन्त्रीसहितको मन्त्रालयको टोलीले गरेको अनुगमनका क्रममा वीर अस्पतालको औषधी पसलमा रहेका औषधीहरु पनि बाहिरको फामेसी मा किन्न पठाउने गरेको खुलेको हो ।

अस्पतालभित्र रहेका दुईवटा औषधी पसलले अधिकांश औषधी नभएको भन्दै बाहिर किन्न पठाउने गरेको पाइएकाले स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिएका छन । अनुगमनका क्रममा वीरका फार्मेसीमा नभएको भनिएको औषधी स्टोरमा रहेको पाइएको थियो । स्वास्थ्य मन्त्री बस्नेतले १५ दिनभित्र वीर भित्रको फार्मेसी विस्तार गरि सवै प्रकारका औषधी राख्न निर्देशन दिएका छन । त्यस्तै अनुगमन टोलीले अस्पतालबाहिरको दुईवटा औषधी पसलको अनुगमन गर्दा मापदण्ड बिपरित पाइएपछि सिल गर्न निर्देशन दिएको छ ।

अस्पतालबाहिरको उपकारसेवा फामेर्सी र सत्यम फार्मेसीमा म्यादसकिएका औषधि राखेको, महङ्गोमा औषधी बिक्रिबितरण गरे को, स्टोरको व्यवस्था राम्रो नभएको पाइएपछि सिल गर्ननिर्देशन दिएको स्वास्थ्यमन्त्री बस्नेतले जानकारी दिएका छन ।

उनले औषधी पसललाई सुधार गर्न निरन्तर अनुगमन गरिने बताएका छन ।

३,फाल्गुन.२०८०,बिहीबार १४:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्