बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ३२ मिनेट जाँदा भूकम्पको धक्का

काठमाडौं । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रबिन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र पश्चिम रुकुममा मात्र एक सय ५३ जनाले अकालमा ज्यान गुमाएका थिए भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

४,फाल्गुन.२०८०,शुक्रबार १०:४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्