नेपालले मलेसियालाई दियो १ सय १६ रनको लक्ष्य

काठमाडौं । एसिसी वुमेन्स प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियालाई १ सय १६ रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै ११५ रन बनायो ।

नेपालका लागि कप्तान इन्दू बर्माले २९, ओपनर कविता कुँवर २३, सीता रानामगर ६, रुबिना क्षेत्रीले २० र डली भट्टले २५ रन बनाइन् । बलिङमा मलेसियाकी इजाती इस्माइले २ विकेट लिइन्।

४,फाल्गुन.२०८०,शुक्रबार १३:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्