ललितपुरमा ‘एक्सपर्ट एजुकेशन’को २१ औं शाखा स्थापना, पारसले गरे उद्घाटन

काठमाडौं । क्यानका सचिव एवं नेपाली क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले एक्सपर्ट एजुकेशन भिसा सर्भिसको २१ औं शाखाको उद्घाटन गरेका छन् । ललितपुरको कुमारी पार्टीमा सञ्चालनमा आएको २१औं शाखाको उद्घाटन गर्दै खड्काले एक्सपर्टको काम नामजस्तै रहेको बताए । साथै, विदेश जान चाहनेलाई यो सर्भिसले राम्रो सल्लाह दिँदै आएको र आगामी दिनमा पनि दिने उनको विश्वास छ । खड्का एक्सपर्ट एजुकेशनको ब्रान्ड एम्ब्यासडर समेत हुन् ।
यो शाखाको पूर्वक्रिकेटर पारस खड्काको साथमा ई-क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, आइरिनका अध्यक्ष हेमन्त भट्टराईले उद्घाटन गरेका थिए । एक्सपर्टको नेपालभर २१ वटा शाखा सञ्चालनमा छ । उपत्यकामा भने कुमारी पाटीसहित तीन वटा शाखा छन् ।

यूरोप, अमेरिका, अष्ट्रेलिया, क्यानडासहित विश्वका अधिकांश देशमा एक्सपर्टले विद्यार्थी पठाउँदै आएको छ । एक्सपर्टको विश्वका १५ भन्दा बढी देशमा ६० भन्दा बढी शाखा सञ्चालनमा छन् ।

एक्सपर्टका नेपाल प्रमुख खेम संग्रौलाले भने, ‘हामीले सन् २००३ मा ४-५ जनाको समूहबाट सुरू गरेको यो कम्पनीमा अहिले ५ सय जनाभन्दा बढी जोडिनुभएको छ । हामीले इमान्दारिता, निरन्तरता र मनमा धर्मलाई मुख्य ध्येय बनाएर काम गर्‍यौं । जसकाकारण, आजका दिनमा आम विद्यार्थी र अभिभावकको साथ हामीले पाएका छौं ।’

ई-क्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले देशभर २१ वटा शाखा विस्तार हुनु र आम विद्यार्थी र अभिभावकको विश्वास जित्नु सामान्य कुरा नभएको भन्दै यसका एक्सपर्ट सफल भएको बताए ।

आइरिनका अध्यक्ष हेमन्त भट्टराईले एक्सपर्टको कार्यप्रगतिलाई लिएर बधाई दिए ।

४,फाल्गुन.२०८०,शुक्रबार १३:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्