ललितले लिए दोस्रो विकेट, नेदल्याण्ड्सलाई चौथो झट्का

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले चौथो विकेट लिएको छ ।

ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरेका हुन् । लिडे १९.२ ओभरमा व्यक्तिगत २७ रनमा आउट भए । उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर ६७ रन छ ।

यसअघि ललितले नै स्याब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए ।

यसअघि पहिलो पावरप्ले अर्थात १० ओभरभित्रै नेपालले नेदरल्याण्ड्सले २ विकेट लिएको थियो ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए ।

५,फाल्गुन.२०८०,शनिबार ११:११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्