मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौंमा सुरु

काठमाडौं । मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० शनिबारबाट काठमाडौंमा सुरु भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । काठमाडौंको आर्ट काउन्सीलमा सुरु प्रदर्शनीमा विभिन्न ५० देशका चित्रकारले बनाएका एक सय ७० बढी चित्रहरु समावेश गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । कला साहित्य खेलकुद क्षेत्रलाई ध्यानमा दिई बिकास गर्न नसके समग्र समाजको बिकास हुन नसक्ने उनले भने ।
चित्रकला प्रर्दशनी फागुन १७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

५,फाल्गुन.२०८०,शनिबार १५:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्